२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा बढ्न थाल्यो बेरोजगारी

अष्ट्रेलियामा बेरोजगारी दर बढ्न थालेको छ। जून महिनामा अस्ट्रेलियाको बेरोजगारीदर बढेर ४.१ प्रतिशत पुगेको छ। यसअघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीवार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ।

तथ्याङ्क अनुसार गत मे–जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो। सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्वि भएको हो।

समग्रमा अस्ट्रेलियामा छ लाख आठ हजार २०० बेरोजगार व्यक्तिहरू जुन महिनामा सक्रिय रूपमा काम खोज्दै गरेको एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले  बताए।

यसैगरी बेरोजगारहरू सन् २०२२ अक्टोबरमा चार लाख एक हजारले बढेता पनि कोभिड–१९ महामारीको तुलनामा एक लाख मानिस कम रहेको उनले बताए।

बेरोजगारी दर गत वर्ष जुन महिनाको तुलनामा ०.५ प्रतिशत बढी र सन् २०२० मार्चको तुलनामा १.१ प्रतिशतले कम रहेको पनि उनले उल्लेख गरे।

एबीएसको तथ्याङ्क अनुसार अस्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या मे–जुन महिनाको बिचमा ०.८ प्रतिशतले बढेको छ।

बिरामी भएकाले ४.५ प्रतिशत अष्ट्रेलियालील जून माहिनामा सामान्य समयको जस्तो काम गर्न नसकेको जार्विसले बताए। रासस

प्रकाशित: ४ श्रावण २०८१ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App