१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति

जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लुमवर्ग बिलिनियर इन्डेक्सका अनुसार जेफ बेजोस एलन मस्कलाई पछार्दै विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा उक्लेका छन्।

अमेजन अनलाइन सपिङ्ग सेन्टरका सिईओ जेफ बेजोसको कुल सम्पत्ति २०६ अर्ब डलर रहेको छ।

ब्लुमवर्ग बिलिनियर इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्तिमा ३.१९ अर्ब डलरको कमी आएको छ। र, उनी दोस्रो स्थानमा झरेका छन्। उनको कुल सम्पत्ति २०३ अर्ब डलर रहेको छ।

यस्तै एसियाका सबैभन्दा धनी व्यक्तिको सूचीमा भारतका मुकेश अम्बानी पहिलो स्थानमा रहेका छन्। उनको कुल सम्पत्ति ११३ अर्ब डरल रहेको छ। उनी विश्वको १३ औँ सबैभन्दा धेरै धनी व्यक्ति रहेका छन्।

प्रकाशित: ३ असार २०८१ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App