१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्कामा सन् २०२५ सम्ममा सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हट्ने

फाइल तस्बिर

श्रीलङ्का सरकारले सन् २०२५ सम्ममा मोटरवाहन आयातमा लगाइएको प्रतिबन्धहरू हटाउने भएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को योजना अनुसार सन् २०२४ को तेस्रो त्रैमासिकमा सार्वजनिक यात्रु र विशेष प्रयोजनका सवारी साधनको आयातसँगै सोही वर्षको चौथो त्रैमासिकमा सामान ढुवानीका सवारी साधनको आयातबाट सुरु हुनेछ।

सन् २०२५ सम्ममा श्रीलङ्काले सबै मोटर वाहनहरूमा आयात प्रतिबन्धहरू पूर्णरूपमा हटाउने आइएमएफले उल्लेख गरेको छ।

श्रीलङ्काले सन् २०२१ र सन् २०२२ मा कोरोनाभाइरस महामारीको प्रभावका कारण सवारी साधन आयातमा प्रतिबन्ध लगाएको र त्यसपछि देशले सामना गरेको आर्थिक सङ्कटका कारणले उक्त निर्णयलाई जारी राखेको थियो।

श्रीलङ्का सरकारले आर्थिक सङ्कटका कारण सन् २०२२ अगस्टमा एक हजार चार सय ६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको तर विभिन्न अवसरहरूमा धेरैजसो वस्तुमाथिको प्रतिबन्ध हटाएको थियो।

आधिकारिक तथ्याङ्कले सन् २०२२ मा श्रीलङ्काको कूल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको देखाएको छ। यो सन् २०२१ को तुलनामा ११ दशमलव चार प्रतिशतले घटेको छ। रासस

प्रकाशित: ३ असार २०८१ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App