६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा

अमेरिकी राज्य फ्लोरिडामा भारी वर्षाका कारण आपतकाल घोषणा गरिएको छ। फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपतकालीन अवस्थाको घोषणा गरिएको बताए।

मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी–डेड काउन्टीका केही भागमा बाढीका घर, कम्पनी र सडकहरूलाई क्षति गरेको बताएको छ।

ब्रोवार्ड र मियामी–डेड दुवै काउन्टीमा सात इन्चसम्म वर्षा भएको छ। फोर्ट लोडरडेल÷हलिउड क्षेत्रमा वर्षाको दर बुधवार १० सेन्टिमिटरसम्म पुगेको बताइएको छ। सारासोटामा पनि करिब १० सेन्टिमिटर वर्षा भएको छ।

अमेरिकामा सबैभन्दा लामो तटरेखा भएको फ्लोरिडा राज्य र मेक्सिको खाडी एटलान्टिक महासागर र फ्लोरिडा स्ट्रेटबीचको प्रायद्वीप हो। आफ्नो भौगोलिक स्थितिका कारण यस राज्यमा प्रत्येक वर्ष ठूलो वर्षा र आँधी आउने गरेको छ। रासस

प्रकाशित: ३२ जेष्ठ २०८१ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App