१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलावीका उपराष्ट्रपति सवार विमान दुर्घटनाग्रस्त अवस्थामा फेला, सबैको मृत्यु

मलावीका उपराष्ट्रपति सालोस चीलीमाको विमान दुर्घटनामा मृत्यु भएको छ। उपराष्ट्रपति चीलीमा सवार विमान दुर्घटनामा परेको र विमानमा सवार कोही पनि जिवित नभेटेको मलावीका राष्ट्रपति लजारस चकवेराले पुष्टि गरेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार चीलीमा सवार विमान उडान भरेको केही बेरमै सम्पर्कबिहीन भएको थियो। विमानमा उपराष्ट्रपतिसहित अन्य ९ जना सवार थिए। विमानमा सवार कोही पनि जिवित फेला नपरेको बताइएको छ।

मौसम खराबीका कारण विमान दुर्घटनामा परेको भन्दै राष्ट्रपति चकवेराले दुर्घटनाग्रस्त विमान फेला परिसकेको तर, त्यसमा सवार कोही पनि जिवित फेला नपरेको पुष्टि गरेका हुन्।

मलावीमा आगामी वर्ष राष्ट्रपति पदका लागि निर्वाचन हुनेछ। जसका लागि उपराष्ट्रपति चीलीमा तयारी गरिरहेका थिए।

प्रकाशित: ३० जेष्ठ २०८१ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App