२ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पपुआ न्युगिनीमा पहिरोमा परी कम्तीमा सय जनाको मृत्यु

पापुआ न्यू गिनीमा पहिरोमा परी कम्तिमा एक सयजनाको मृत्यु भएको अनुमान गरिएको छ।

अस्ट्रेलियाको सरकारी मीडिया एबीसीका अनुसार स्थानीयका अनुसार पहिरोमा परी हालसम्म ५० भन्दा बढी शव निकालिएको र सय जनाभन्दा बढीको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको हो।

पपुआ न्यू गिनीको एङ्गा राज्यको काओकलम गाउँमा बिहीवार करिब ३ बजे पहिरो गएको हो।

पहिरोका कारण पहाड भाँसिदा आसपासका घरहरू पनि क्षतिग्रस्त भएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित: ११ जेष्ठ २०८१ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App