माले– माल्दिभ्समा ४५ दिन लामो संकटकालको अन्त्य भएको छ। राष्ट्रपति अब्दुल्ला यमिनले विहीबार संकटकाल हटाएका हुन्।
संकटकाल हटाउने निर्णयको चीनले स्वागत गरेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार शुक्रबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हुआ चुनिङ्गले माल्दिभ्सको निर्णयको स्वागत गर्दै सामान्य सामाजिक अवस्था कायम हुने विश्वास व्यक्त गरिन।
‘चीनको विश्वास छ कि माल्दिभ्सको सरकार र राजनीतिक दलहरुबीच माल्दिभ्सको राजनीतिक स्थिरता र सामाजिक सद्भाव कायम गर्न छलफल र सम्वादका माध्यमबाट मतभेदहरुलाई सुल्झाउने क्षमता छ’, प्रवक्ता हुआले सम्वाददाताहरुसँग भनिन्।
माल्दिभ्समा सर्वाेच्च अदालतले विपक्षी नेता एवं पूर्वराष्ट्रपति मोहम्द नसिदलाई रिहा गर्न आदेश दिँदा सरकारले अस्वीकार गर्दै न्यायाधीशलाई नै जेल हालेपछि प्रदर्शन चर्किएको थियो। उक्त प्रदर्शन रोक्न र स्थितीलाई नियन्त्रणमा लिन राष्ट्रपति यमिनले संकटकालको घोषणा गरेका थिए।
प्रकाशित: ९ चैत्र २०७४ १५:३३ शुक्रबार





