२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत र इरानबीच सम्झौता, अमेरिकाले दियो चेतावनी

भारत र इरानबीच रणनीतिक चाबहार बन्दरगाहको विकास र सुसज्जित गर्न १० वर्षे सम्झौता भएको छ। भारतले पश्चिम र मध्य एसियामा व्यापार बढाउन चाहने उदेश्यले सोमवार उक्त सम्झौता गरेको हो।

इरानका सडक तथा सहरी विकास मन्त्रालयका अनुसार सम्झौताबाट भारतलाई बन्दरगाह प्रयोग गर्न १० वर्षको सुविधा प्राप्त हुनेछ। उक्त बन्दरगाह पाकिस्तानसँगको इरानको दक्षिणपूर्वी सीमाबाट नजिकै रहेको छ।

सम्झौताअनुसार इन्डिया पोर्ट्स ग्लोबल लिमिटेड (आइपिजिएल) ले ‘रणनीतिक उपकरण प्रदान गर्न’ र ‘बन्दरगाहको यातायात पूर्वाधारको विकास गर्न’ ३७ करोड डलर लगानी गर्नेछ।

इरानका सहरी विकासमन्त्री मेहरदाद बज्रपाश र भारतका बन्दरगाह तथा ढुवानीमन्त्री सर्वानन्द सोनोवालले सरकारी सञ्चारमाध्यममा प्रत्यक्ष प्रसारित समारोहमा चाबहार सहरमा सम्झौतामा हस्ताक्षर गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबन्ध हटाएपछि तेहरानसँग आर्थिक सम्बन्धलाई पुर्नजीवित गर्न खोजेसँगै सन् २०१६ मा मध्य एसियाका लागि व्यापारिक केन्द्रका रूपमा इरानी बन्दरगाहको विकासमा वित्तीय सहयोग गर्न भारत सहमत भएको थियो।

मोदी र इरानका पूर्वराष्ट्रपति हसन रुहानीले बन्दरगाहको विकास गर्न भारतको एक्जिम बैंकबाट क्रेडिट लाइन प्रावधानका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

यता, भारतले इरानसँग सम्झौता गरेपछि चेतावनी दिएको छ। अमेरिकाले चेतावनी दिँदै जो पनि इरानसँग व्यापार गर्ने विचार गरिरहेको छ उसले हाम्रो सम्भावित प्रतिबन्धको सामना गर्नुपर्ने बताएको छ। 

प्रकाशित: १ जेष्ठ २०८१ ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App