७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजीलको दक्षिणी क्षेत्रमा बाढीका कारण ५५ जनाको मृत्यु

ब्राजीलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ। बाढीका कारण अन्यय ७४ जना बेपत्ता भएका छन्।

बीबीसीका अनुसार शनिवार आँधीसँगै आएको वर्षा र बाढीका कारण २५ हजारभन्दा बढी मानिसलाई घर छाड्नु परेको थियो।

स्थानीय प्रशासनका अनुसार आगामी केहीदिन अझै वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढीका कारण झन्डै ६ लाख मानिसलाई शुद्ध खानेपानीको अभाव देखिएको छ भने विद्युत आपूर्ति बन्द हुँदा समस्या भइरहेको छ।

बाढीका कारण २५० सहर प्रभावित बनेका छन् भने विभिन्न सडकहरू भाँसिएका छन्।

प्रकाशित: २४ वैशाख २०८१ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App