५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा ७७ वटा आतंकवादी हमलामा परी ७० जना मृत्यु

पाकिस्तानमा ७७ वटा आतंकवादी हमलामा परी अप्रिल महिनामा मात्रै ७० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ जना सर्वसाधारण, ३१ सुरक्षा बलका कर्मचारी र चार विद्रोही रहेका छन्। ६७ जना घाइते भएका पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडीजले जनाएको छ।

जसमा मार्च २०२४ मा ५६ वटा आतङ्ककारी हमला भएको र ७७ जनाको मृत्यु भएको जनाइएको छ। यस्तै ६७ जना घाइते भएका थिए। जसले लडाकु हमलाको संख्यामा ३८ प्रतिशतले वृद्धि भएको संकेत गर्दछ।

यद्यपि मृत्युमा ९ प्रतिशतले कमी आएको छ। प्रतिवेदनले  अप्रिल महिनामा धेरै सम्भावित आक्रमणहरूलाई विफल पार्न पाकिस्तानी सुरक्षा बलहरूको प्रयासलाई पनि जोड दिएको छ।

कम्तीमा ५५ संदिग्ध आतङ्ककारीहरू मारिएका छन् भने अन्य १२ जनालाई गिरफ्तार गरिएको छ। मार्चको तुलनामा लडाकुहरूको मृत्युमा ५५ प्रतिशतले वृद्धि भएको छ।

प्रकाशित: २२ वैशाख २०८१ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App