१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शान्त अस्ट्रेलियामा अन्धाधुन्ध चक्कु चल्यो, पाँच जनाको मृत्यु, आठ घाइते

अस्ट्रेलियाकाे सिड्नीस्थित एक व्यस्त सपिङ सेन्टरमा सामूहिक छुराबाट पाँच जनाको मृत्यु भएको छ। शनिबार दिउँसो वेस्टफिल्ड बोन्डी जक्शनमा पसेर एक संदिग्ध समूहले अन्धाधुन्ध छुरा प्रहार गरेको थियो।

उक्त घटनामा पाँच जनाको ज्यान गएको अस्ट्रेलियाको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले समाचारमा उल्लेख गरेको छ। यस्तै एक बच्चा सहित आठ जना घाइते भएका छन्।

घटनापछि प्रहरीले मानिसहरूलाई घटनास्थलबाट टाढा रहन चेतावनी दिएको थियो। अहिले घटनास्थल प्रहरीको नियन्त्रणमा आइसकेको जनाइएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन्। ‘दुर्भाग्यवश, धेरै हताहतीका खबर आएका छन्। सबै अस्ट्रेलियालीहरूको संवेदना पीडित र उनका परिवारजनहरूसँग छ,’ उनले भनेका छन्।

अस्ट्रेलियामा सामूहिक हिंसाका घटनाहरू विरलै हुने गरेका छन्। सन् २०१९ मा उत्तरी अस्ट्रेलियाको डार्बिनमा भएको सामूहिक गोली काण्डमा चार जनाको ज्यान गएको थियो।

यस्तै अप्रिल १९९६ मा एक सामूहिक गोलीबारीको घटना भएको थियो। जसलाई ‘पोर्ट आर्थर नरसंहार’ को रूपमा चिनिन्छ। तस्मानिया राज्यको पर्यटकीय सहर पोर्ट आर्थरमा भएको उक्त नरसंहारमा ३५ जनाको मृत्यु भएको थियो। 

प्रकाशित: १ वैशाख २०८१ १५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App