१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जुकरबर्गलाई पछार्दै मस्क फेरि विश्वको धनी व्यक्तिहरूको सूचीमा

टेस्लाका सिईओ एलन मस्क विश्वको धनी व्यक्तिहरूको सूचीमा फेरि समावेश भएका छन्। उनले मेटाका सिईओ मार्क जुकरबर्गलाई पछि पार्दै उक्त सूचीको तेस्रो स्थानमा आफ्नो कब्जा जमाएका छन्।

पछिल्लो केही दिन यता विश्वको सबैभन्दा धेरै धनी व्यक्तिहरूको सूचीमा निकै उलटफेर देखिएको छ। गत शुक्रवार मार्क जुकरबर्गले उक्त सूचीमा ठूलो फड्को मार्दै मस्कलाई पछि पारिदिएका थिए। तर, गत २४ घन्टामा कमब्याक गर्दै मस्क टप १० बिलिनियर्सको सूचीको तेस्रो नम्बरमा पुगेका छन्।

ब्लुमबर्गका अनुसार गत २४ घन्टामा मस्कको नेटवर्थ ५।७८ अर्ब डलरले माथि आएर १८६ अर्ब डलर पुगेको छ। जबकी मार्क जुकरबर्गको सम्पत्तिमा २।७७ अर्ब डलरले गिरावट आएको छ र मेटाका सिईओको नेटवर्थ १८४ अर्ब डलरमा झरेको छ।

दुबै अर्बपतिको सम्पत्तिमा जम्मा २ अर्ब डलरको फरक देखिएको छ। मस्कको सम्पत्तिमा यसवर्षको हालसम्म ४२।७ अर्ब डलरको कमी आएको छ भने फेसबुकका मार्क जुकरबर्गको  सम्पत्तिमा सन् २०२४ को पहिलो ३ महिनामा ५६।१ अर्ब डलरले वृद्धि भएको छ।

प्रकाशित: २७ चैत्र २०८० १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App