मस्को- रुसमा भ्लादिमिर पुटिनले समर्थकहरुको एउटा सभालाई सम्वोधन गरेका छन्। त्यस सम्बोधनका क्रममा त्यहाँ उपस्थित पत्रकारहरुले उनलाई फेरि अर्को ६ वर्षे कार्यकालका लागि पनि उठ्नुहुन्छ कि उठ्नुहुन्न भनी प्रश्न गरेका थिए।
राष्ट्रपति पुटिन पत्रकारहरूको सो जिज्ञासा सुनेर निकै लामो हाँसो हाँसेका थिउ। यस प्रश्नलाई उनले एउटा ठूलो ठट्टा भनेर जवाफ दिएका थिए। उनले भने, ‘यहाँहरूलाई लाग्ला म सयवर्षको उमेरसम्म पनि पदमै रहनेछु, तर त्यस्तो हुदैन।‘
राष्ट्रपति पुटिनले त्यस्तो होइन भन्दै भने, ‘केही वर्षयता हामीले देशमा गरेका विकासका काम, आर्थिक बृद्धि तथा अरु देशका लोकप्रिय कामका लागि मतदाताहरुले मलाई छान्नुभएको हो, यसबाहेक अरु केही होइन।‘
प्रकाशित: ५ चैत्र २०७४ ०७:१० सोमबार





