१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाँचमध्ये एक शिक्षकले विद्यार्थीको दुर्व्यवहारको सामना गर्नुपर्छः सर्वेक्षण

बेलायतका लगभग पाँच मध्ये एक शिक्षक आफू विद्यार्थीबाट दुर्व्यवहारको सिकार भएको बताएका छन्। विद्यालयमा महामारीपछि विद्यार्थीहरूको व्यवहारमा आएका परिवर्तनहरूसँग जुधिरहेकोबारे एक सर्वेक्षण प्रतिवेदन बिहीवार सार्वजनिक गरिएको छ।

शिक्षा प्रमूख अमाण्डा स्पिलम्यानले गत वर्ष कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याको फलस्वरुप राष्ट्रव्यापीरूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको पाइएको बताइन्।

बेलायतका विद्यालय निरीक्षण एजेन्सीका निवर्तमान प्रमुख अफस्टेडले शिक्षक र अझ बढी प्रधानाध्यापकको अत्यधिक समय लिइरहेको यो समस्याको समाधान हुन वर्षौँ लाग्ने बताए।

‘टिचर ट्याप’ सर्वेक्षण उपकरणको प्रयोग गरी बीबीसीले फेब्रुअरी र मार्चमा गरेको करिब नौ हजार विद्यालय कर्मचारीहरूको सर्वेक्षणमा पनि तीस प्रतिशत शिक्षकहरूले अघिल्लो हप्ता विद्यार्थीहरू शिक्षकसँग झगडा गरिरहेको देखेको बताएका थिए।

एघारदेखि अठार वर्षका विद्यार्थीहरूसँग काम गर्ने १५ प्रतिशत शिक्षकहरूले आफूले विद्यार्थीहरूबाट यौन उत्पीडन अनुभव गरेको बताएका थिए।

शिक्षक सङ्घ (एनएएसयुडब्लुटी) ले कर्मचारीहरूले अत्यधिक तनाव अनुभव गरिरहेको भन्दै हडताल गर्ने सोच बनाइरहेको छ। सङ्घले आफ्ना सदस्यसँग तलब, कामको बोझ र उनीहरूको कल्याणका विषय नवीकरण गर्ने औद्योगिक कारबाहीका लागि परामर्श गरिरहेको र आगामी दिनमा नतिजा घोषणा गर्ने बताएको छ।

एनएएसयुडब्लुटीका महासचिव प्याट्रिक रोचले भने, ‘बेलायतका शिक्षकहरूले कामको अत्याधिक बोझ र तनाब अनुभव गरिरहेका छन्। उनीहरूको अधिकारमा सुधार नगरी उनीहरू अघि बढ्न सक्दैनन्।’ रासस

प्रकाशित: १६ चैत्र २०८० ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App