१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आफ्नो कमी कमजोरीका कारण भियतनामका राष्ट्रपति थुओङद्वारा राजीनामा

भियतनामका राष्ट्रपति भो भान थुओङले पदबाट राजीनामा दिएका छन्।

उनले नियम ‘उल्लङ्घन र कमी कमजोरी’ का लागि आफू दोषी रहेको भन्दै राजीनामा दिएका हुन्।

भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जनताप्रतिको आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेर राष्ट्रपतिको पदबाट राजीनामा दिएको बताएका छन्।

भियतनामको सत्तारुढ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले राष्ट्रपति थुओङले पार्टीमा पेश गरेको राजीनामा दलबाट स्वीकृत भएको पुष्टि गरेको छ। रासस

प्रकाशित: ८ चैत्र २०८० ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App