१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किन पटक-पटक दुर्घटनामा पर्छिन् मुख्यमन्त्री बेनर्जी?

भारत पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जी घाइते भएकी छिन्। उनको पार्टी तृणमुल काँग्रेस (टमसी) ले सामाजिक सञ्जाल एक्समा पार्टी अध्यक्ष समेत रहेकी मुख्यमन्त्री बेनर्जी घाइते भएको जानकारी दिएको छ।

मुख्यमन्त्री बेनर्जीको निधारमा चोट लागेको र उपचार पछि उनलाई घरमा आराम गर्न भनिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

मुख्यमन्त्री बेनर्जी घाइते भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्य लाभको कामना गरेका छन्। यस्तै भारतीय काँग्रेस आईका नेता राहुल गान्धीले पनि उनको स्वास्थ्य लाभको कामना गरेका छन्।

मुख्यमन्त्री बेनर्जीलाई चोट कसरी लागेको हो भन्नेबारे हालसम्म खुलाइएको छैन।

यसअघि पनि उनी पटकपटक घाइते भइसकेकी छिन्। गत जनवरीमा उनी सडक दुर्घटनामा परेर घाइते भएकी थिइन्। खराब मौसमका कारण उनको कार दुर्घटनामा परेको थियो। त्यो समय पनि उनको टाउकोमा चोट लागेको थियो।

सन् २०२१ म पनि उनलाई गम्भीर चोट लागेको थियो। विधानसभा निर्वाचनको क्रममा उनी दुर्घटनामा पर्दा खुट्टामा गम्भीर चोट लागेको थियो। त्यस्तै सन् २०२३ जुनमा पनि उनी दुर्घटनामा परेर घाइते भएकी थिइन्। हेलिकप्टरको आपतकालीन अवतरणको क्रममा उनको घुँडा र पिठ्यूमा चोट लागेको थियो।

प्रकाशित: २ चैत्र २०८० ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App