१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दोस्रोपटक प्रधानमन्त्री बनेका शहबाजद्वारा पदभार ग्रहण

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शहबाज शरीफले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

सोमवार आयोजित एक समारोहमा उनले पाकिस्तानको प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका हुन्।

शहबाज शरीफ दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। पहिलोपटक प्रधानमन्त्री बनेका शहबाजको कार्यकाल १६ महिना मात्रै रह्यो।

अविश्वास प्रस्ताव ल्याएर इमरान खानलाई प्रधानमन्त्रीको पदबाट हटाएर उनी पहिलोपटक पाकिस्तानका प्रधानमन्त्री बनेका थिए।

प्रकाशित: २२ फाल्गुन २०८० ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App