२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा अस्थायी युद्ध विरामका लागि अमेरिकाको प्रस्ताव

अमेरिकाले गाजामा अस्थायी युद्ध विरामका लागि संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा प्रस्तावको मस्यौदा पेश गरेको छ।

मस्यौदामा इजरायललाई रफाह सहरमाथि आक्रमण नगर्न भनिएको छ। त्यसअघि अमेरिकाले उक्त मुद्दामा संयुक्त राष्ट्र सङ्घमा मतदानको क्रममा ‘अस्थायी युद्ध विराम’ शब्द को प्रयोग गरेको थिएन। तर, राष्ट्रपति जो बाइडन यसपटक ‘अस्थायी युद्ध विराम’ का लागि अघि बढेका छन्।

गाजामा इजरायलको तीव्र आक्रमण पछि त्यहाँका लगभग ५ लाखभन्दा बढी मानिस अहिले रफाहमा शरण लिएर बसिरहेका छन्।

इजरायलले २ दिन अघि मात्रै बन्धक बनाइएका आफ्ना नागरिकलाई रिहा नगरे रफाहमा आक्रमण गर्ने चेतावनी दिएको थियो। इजरायलका अनुसार रफाहमा बन्धक बनाइएका नागरिकलाई राखिएको छ भने हमास लडाकू पनि त्यहाँ शरण लिएर लुकिरहेका छन्।

प्रकाशित: ९ फाल्गुन २०८० ०८:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App