१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१० मार्चसम्म आफ्ना नागरिकलाई रिहा नगरे रफाहमा आक्रमण गर्ने इजरायलको चेतावनी

इजरायलले १० मार्चसम्म बन्धक बनाइएका इजरायली नागरिकलाई रिहा नगरे रफाह क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएको छ।

बीबीसीका अनुसार इजरायलको युद्ध क्याबिनेटका सदस्य बेनी गैट्जले हमासले १० मार्चसम्म गाजामा बन्धक बनाइएका सबै इजरायली नागरिकलाई रिहा नगरे सफाह क्षेत्रमा आक्रमण सुरु गर्ने चेतावनी दिएका हुन्।

युद्धका कारण विस्थापित भएका प्यालेस्टिनी नागरिक रफाहमा शरणार्थीको रुपमा बसिरहेका छन्। यहाँ १५ लाख नागरिक शरणार्थी भएर बसिरहेका छन्। जहा आक्रमण गर्ने इजरायलले चेतावनी दिएको हो।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले रफाह र खान युनिश क्षेत्रमा रहेका अस्पतालमा हमासका लडाकु रहेको र इजरायली बन्धक पनि त्यहि रहेको दावी गर्दै आएको छ।

प्रकाशित: ७ फाल्गुन २०८० ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App