२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पटाका कारखानामा विस्फोट हुँदा ११ जनाको मृत्यु, १७४ घाइते

भारतको मध्य प्रदेशमा पटाका कारखानामा विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। अन्य १७४ जना घाइते भएका छन्।

मध्य प्रदेशको हरदा सहरमा रहेको पटाका कारखानामा मङ्गलवार बिहान १० बजे आगलागी भएर विस्फोट भएको थियो।

कारखानामा विस्फोट भएपछि वरपरका घरहरूमा पनि क्षति पुगेको बीबीसीले जनाएको छ।

कारखानामा कामदारहरू काम गरिरहेको बेला आगलागी भएर विस्फोट भएको अनुमान प्रहरीले गरेको छ। घटनाबारे भने अनुसन्धान सुरु गरिएको छ।

कारखानामा रहेका अन्य १७५ जनालाई भने सुरक्षित निकालिएको थियो। घाइते भएका १७४ जनामध्ये ३४ जनालाई थप उपचारका लागि भोपाल पठाइएको छ भने अन्यको उपचार जिल्ला अस्पतालमा भइरहेको छ।

यसैबीच, प्रहरीले पटाका कारखानका प्रमुख राजेश अग्रवाललाई पक्राउ गरेको छ।

प्रकाशित: २४ माघ २०८० ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App