१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतका राजा चार्ल्सलाई क्यान्सर

बेलायतका राजा चार्ल्स क्यान्सरबाट पीडित भएका छन्। बकिङ्घम प्यालेसका अनुसार राजा चार्ल्सको प्रोस्टेट बढेपछि उपचार गराइरहेको समय उनलाई क्यान्सर भएको पत्ता लागेको हो। तर, यो कुन क्यान्सर हो भन्ने यकिन भइसकेको छैन्।

बीबीसीका अनुसार बकिङ्घम प्यालेसले राजा चार्ल्सलाई क्यान्सर भएको पुष्टि हुनासाथ सोमवारबाट उनको उपचार पनि सुरु गरिएको बताएको छ।

७५ वर्षीय राजा चार्ल्स उपचार अवधिभर कुनैपनि सार्वजनिक काममा सहभागी नहुने पनि बताइएको छ।

उनको क्यान्सर कुन चरणको हो भन्नेबारे पनि जानकारी दिइएको छैन।

राजा चार्ल्सले आफ्नो रोगको बारेमा आफ्ना दुबै छोरा प्रिन्स ह्यारी र प्रिन्स विलियमलाई जानकारी गराएका थिए।

प्रकाशित: २३ माघ २०८० ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App