२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'एआईका कारण डराउन थाले सङ्गीतकारहरू'

दुई तिहाइभन्दा धेरै सङ्गीतकारलाई कृत्रिम बौद्धिकता (एआई) का कारण जीवनयापन गर्न असम्भव हुने डर रहेको एक अध्ययनले देखाएको छ।

मङ्गलबार प्रकाशित फ्रान्सेली र जर्मन सङ्गीत समाजले सङ्गीत उद्योगमा १५ हजारभन्दा बढी व्यक्तिको सर्वेक्षणका आधारमा गरेको अध्ययनमा फ्रान्सको लेखक, सङ्गीतकार र सङ्गीत प्रकाशकहरूको समाज (सेसेम) र यसको जर्मन समकक्षी जिइएमएले ७१ प्रतिशत उत्तरदाताले अब उनीहरूले भविष्यमा गुजारा गर्न नसक्ने जवाफ दिएको बताएका छन्।

सर्वेक्षणमा ३५ प्रतिशतले पहिलादेखि नै ‘सङ्गीत निर्माणसँग सम्बन्धित क्षेत्रहरूको ठूलो सङ्ख्या’ मा एआई प्रयोग गरिरहेको पाइएको छ। यद्यपि प्रतिवेदनले बजार विश्लेषण र विशेषज्ञहरूसँग पनि गरेको अन्तरवार्तामा सन् २०२८ सम्ममा आम्दानीमा २७ प्रतिशतले कमी आउने अनुमान गरेको छ। यो करिब दुई अर्ब ७० करोड युरो (दुई अर्ब ९० करोड अमेरिकी डलर) बराबर हो।

करिब ९५ प्रतिशतले एआई उपकरण विकास गर्ने कम्पनीहरूसँग थप पारदर्शिताको माग गरेका छन्। त्यति नै सङ्ख्यामा उनीहरूले राजनीतिज्ञहरूले एआई र प्रतिलिपि अधिकारसँग सम्बन्धित चुनौतीहरूमा धेरै ध्यान दिउन् भन्ने चाहेका छन्।

सेसेमका प्रबन्ध निर्देशक सेसिल राप–भेबरले यो एआई गतिविधिलाई ‘सुस्त’ बनाउने नभई यसलाई सद्गुणी बनाउने प्रश्न भएको बताए। प्रतिवेदनमा उनले भने, ‘हामी एआईद्वारा उत्पन्न सामग्री पहिचान गर्ने उद्देश्यले प्राविधिक समाधान लागु गर्नका लागि यस क्षेत्रमा खेलाडीहरूसँग सक्रियरूपमा काम गरिरहेका छौँ।’ रासस

प्रकाशित: १७ माघ २०८० ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App