२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ। पाकिस्तानको राजधानी इस्लामावादको विशेष अदालतले मङ्गलवार सिफर मुद्दामा खानलाई १० वर्षको जेल सजाय सुनाएको हो।

पूर्व प्रधानमन्त्री खानसँगै उनका सहयोगी एवं पूर्व मन्त्री शाह महमुद कुरैशीलाई पनि १० वर्षको जेल सजाय सुनाइएको छ।

खान र कुरैशीमाथि पाकिस्तानको अत्यन्तै गोप्य सूचना निजी प्रयोजनका लागि प्रयोग गरेको आरोप लगाइएको छ।  

के हो सिफर?

इमरान खान सत्ताबाट बाहिरिए पछि उनले अमेरिकामाथि आफूलाई सत्ताबाट निकालेको आरोप लगाएका थिए। त्यसपछि अमेरिकास्थित पाकिस्तान राजदूतावासले गोप्य जानकारी पठाएको थियो। जसलाई खानले आफ्नो राजनीतिक फाइदाका लागि सार्वजनिक गरिदिएका थिए। जसलाई सिफर भनियो। 

प्रकाशित: १६ माघ २०८० ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App