१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हातेझोलाले ल्याएको बबन्डर

यस्ताे पनि!

दक्षिण कोरियाली प्रथम महिला किम कियोन हीले गएको डिसेम्बरमा नेदरल्यान्ड्स यात्राका बेला प्लेनबाट झर्दै गर्दा डायर कम्पनीको २२ सय डलर पर्ने हातेझोला बोकिन्।

 त्यसपछि नेदरल्यान्ड्समा हुनुपर्ने हल्ला कोरिया पुग्यो। कोरियामा हल्ला हुनु स्वाभाविक थियो किनभने आउँदो वैशाखमा चुनाव हुँदैछ। राष्ट्रपति यून सुक योअलको अर्को कार्यकाल यही हातेझोलाले खाइदेलाजस्तो हुन्डरी आइरहेको छ यतिबेला।

त्यसो त यो झोला किमले किनेकी हुन् भने पनि समस्या छ। होइनन्, उपहारमा पाएकी हुन् भने पनि समस्या छ किनभने कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिका परिवारले एक पटकमा ७५० डलरभन्दा बढी मूल्यका उपहार लिनु अपराध मानिन्छ। २२ सय डलर वर्षभरिमा लिइने उपहारको कूल मूल्य हुनुपर्छ। त्योभन्दा बढी भए, जवाफ सार्वजनिक रूपमा दिइनुपर्छ।

त्यसैले राष्ट्रपति यूनकै पिपुल्स पावर पार्टीभित्र दुई मत सिर्जना भएका छन्। एकपक्षले यस घटनालाई चुनावका बेला उछाल्ने गरी उचालिएको बताउँदै यसको जवाफ दिन नपर्ने भन्दै छ।

दोस्रो पक्षले भने प्रथम महिलाले माफी माग्नुपर्ने सुझाव दिँदैछ। यस मामिलामा तेस्रो कोण नागरिक समाजको छ। प्रथम महिलाले यो हातेझोला उपहारमा पाएको हो भने यसलाई घुस मानेर अध्ययन थालिनुपर्ने आवाज उठाइरहेको छ।

झोला विवाद बढ्दै जाँदा गरिएको सर्भेले राष्ट्रपतिको काम मन पराउनेको प्रतिशत ह्वात्तै घट्न पुगेको छ। ६० प्रतिशतले झोलामाथि अनुसन्धान हुनुपर्ने बताएका छन् भने ३० प्रतिशतले प्रथम महिलामाथि प्रहार भएको जनाइरहेका छन्। अधिकांशले भने झोलामाथि अनुसन्धान हुनुपर्ने राय व्यक्त गरेका छन्।

 प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १६ माघ २०८० ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App