१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बलुचिस्तान आक्रमणः पाकिस्तानले ईरानबाट फिर्ता बोलायो राजदूत

पाकिस्तानले ईरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। बलुचिस्तानमा ईरानले गरेको मिसाइल र ड्रोन आक्रमण पछि तेहरानस्थित आफ्नो राजदूतलाई पाकिस्तानले फिर्ता बोलाउने निर्णय गरेको हो।

पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता मुमताज जाहराले हाल र आगामी दिनमा दुबै देशबीच हुने सबै उच्चस्तरीय भ्रमणलाई पनि रद्द गरिएको बताइन्।

उनले यस विषयमा ईरान सरकारलाई जानकारी गराइएको भन्दै ईरानमा रहेका पाकिस्तानी राजदूतलाई तत्काल फर्किन भनिएको पनि जानकारी गराइन्।

बीबीसीका अनुसार ईरानले गरेको आक्रमण बिना कारण र पाकिस्तानको सम्प्रभुताको उल्लङ्घन रहेको पाकिस्तानको भनाइ छ।

साथै पाकिस्तानले ईरानको आक्रमणलाई अवैध रहेको भन्दै यसको नतिजाका लागि तयार रहन पनि चेतावनी दिएको छ।

यसैबीच, ईरानले बलुचिस्तानमाथि भएको आक्रमण चरमपन्थी समूह 'जैश अल–अद्ल' लाई केन्द्रित गरी गरिएको बताएको छ।  

ईरानका विदेश मन्त्री हुसैन अमीर–अब्दुल्लाहियनले पाकिस्तानी नागरिकलाई लक्षित गरेर कुनै आक्रमण नगरेको भन्दै ईरानको चरमपन्थी समूह जैश अल–अद्ल बलुचिस्तानमा लुकेर बसेको सूचनाका आधारमा गरिएको बताएका हुन्।

प्रकाशित: ४ माघ २०८० ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App