भारत र माल्दिभ्सबीचको तनाव बढ्दै गएको छ। माल्दिभ्सका नयाँ राष्ट्रपतिमा मोहम्मद मोइज्जु निर्वाचित भएदेखि नै भारत र माल्दिभ्सबीच तनाव सुरु भएको हो। चीनसँग नजिक मानिने मोइज्जुले भारतसँग सम्बन्ध नराख्नेगरी नीति लिन थालेपछि दुबै मुलुकबीच विवाद बढ्न थालेको हो।
बीबीसीका अनुसार माल्दिभ्सका राष्ट्रपति मोइज्जुले भारतीय सेनालाई १५ मार्चसम्म देश छोड्न निर्देशन दिएका छन्।
आइतवार राष्ट्रपतिका मुख्य सचिव अब्दुल्ला नजीम इब्राहिमले पत्रकार सम्मेलनको आयोजना गरेर सो बारेमा जानकारी गराएका हुन।
माल्दिभ्समा हाल ७७ भारतीय सेना तैनात छन्।
राष्ट्रपति मोइज्जुले निर्वाचनको क्रममा ‘इन्डिया आउट’ को नारा दिएर अभियान नै चलाएका थिए।
केही दिन अघि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लक्षद्वीपको तस्बिर सार्वजनिक गरेपछि माल्दिभ्स सरकारका केही मन्त्रीहरूले आपत्तिजनक टिप्पणी गरेका थिए।
प्रकाशित: १ माघ २०८० ०३:४८ सोमबार



-600x400.jpg)

