१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेइजिङमा भारी हिमपात, सडक यातायात प्रभावित

भारी हिमपातका कारण चीनको बेइजिङ सहरको सडक यातायात अवरुद्ध बनेको छ।

आइतबार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजे सम्ममा बेइजिङ शहरमा औसत ५.७ मिमी हिमवर्षा भएको छ। जसका कारण सोमवार बिहानैदेखि बेइजिङको जनजीवन प्रभावित बनेको हो।

बेइजिङ मौसम विज्ञान सेवाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी हिमवर्षा भएको फाङशान जिल्लामा १०.२ मिलिमिटरसम्म हिउ जमेको छ।

शहरको मौसम केन्द्रले सोमबार पनि हल्का हिमपात जारी रहन र अपराह्न ४ः५० बजेपछि हिउवर्षा कम हुने जानकारी गराएको छ।

चीनमा चार तहको मौसम चेतावनी प्रणाली छ, जसमा रातो रङले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ भने त्यसपछि सुन्तला, पहेंलो र नीलोले क्रमशः घट्दो जोखिमलाई सङ्केत गर्दछ।

मौसम पूर्वानुमानअनुसार सोमबार पनि हल्का हिमपात जारी रहनेछ। रासस

प्रकाशित: २५ मंसिर २०८० ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App