१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मध्य प्रदेशमा कंग्रेस फेरि चुक्यो, मिजोरममा जेपीएमलाई बहुमत

भारतको मध्य प्रदेशमा भएको विधान सभा निर्वाचनमा सत्ता हात पार्ने कंग्रेसको चाहना फेरि पनि पुरा हुन सकेन। 

मध्य प्रदेश विधान सभा चुनावमा भारतीय जनता पार्टी  (भाजपा)ले १६३ सिट र कंग्रेसले ६६ सिट प्राप्त गरेको छ। मध्य प्रदेशमा २३० सिट छ।

भारतको उत्तर पूर्वी राज्यमा जोरम पिपल्स मुभमेन्ट(जेपीएम)ले सरकारले बनाउने भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार ४० सदस्यीय मिजोरम विधान सभामा जेपीएमले २५ सिटमा जित हात पारिसकेको छ। मिजोरममा सरकार बनाउन २१ सिट आवश्यक पर्छ।

भारतीय जनता पार्टी (भाजपा)ले २ सिटमा जित हात पारेको छ। भारतीय राष्ट्रिय कंग्रेस भने १ स्थानमा मात्र अगाडि रहेको छ। मिजोरमको ४० सिट छ। राजस्थानको १९९ सिटमा भाजपाले ११५ र काँग्रेसले ६९,  छत्तीससगढमा ९० सिटमा भाजपाले ५४ र कंग्रेस ३५ तथा तेलंगानामा ११९ सिटमा कंग्रेस ६४ भाजपाले ८ जितेको छ।

प्रकाशित: १८ मंसिर २०८० ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App