९ वैशाख २०८२ मंगलबार
image/svg+xml २१:४५ अपराह्न
अन्तर्राष्ट्रिय

पहिलोपटक दुई डिग्रीले बढ्यो तापमान

 गत शुक्रबार केही समयका लागि पृथ्वीको सरदर तापमान २ डिग्री सेन्टिग्रेडले बढेको छ।औद्योगिक क्रान्ति  सुरु हुनुअघिको सरदर तापमानको तुलनामा पहिलोपटक यो मात्रामा तापमान बढेको हो।

उक्त दिन केही क्षणका लागि तापमान वृद्धि भएकाले त्यो नै स्थायी भने होइन।तर यसले पृथ्वीको तापमान लगातार बढ्दो क्रममा रहेको र यो क्रम जारी रहँदा जलवायु संकट फर्कनै नसकिने बिन्दुतर्फ धकेलिन सक्ने भने संकेत गरेको छ।

युरोपमा रहेको कपर्निकस क्लाइमेट सर्भिसकी उपनिर्देशक समान्था बर्गेसका अनुसार यो तापमान औद्योगिकीकरण सुरु हुनुअघिको अवधि (सन १८५० देखि सन् १९०० सम्म) को तुलनामा २.०६ डिग्री सेन्टिग्रेडले बढी हो। जलवायुसम्बन्धी पेरिस सम्झौताले यो शताव्दीको अन्तसम्म (सन् २१००) पृथ्वीको तापमान वृद्धिलाई सकेसम्म १.५ डिग्री सेन्टिग्रेडमा र त्यसो गर्न नसकिए २ डिग्रीभन्दा माथि बढ्ने नदिने लक्ष्य लिएको छ। अबका केही दिनमा दुबईमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) सुरु हुन लागेको बेला तापमान वृद्धिले यो रेकर्ड कायम गरेको छ। तापमान वृद्धिदरलाई सीमित राख्ने विषय सम्मेलनको प्रमुख अजेन्डा रहेको छ। 

प्रकाशित: ५ मंसिर २०८० ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App