१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजा क्षेत्रमा आक्रमणलाई थप तीव्र बनाउने इजरायलको चेतावनी

इजरायलले गाजा क्षेत्रमा आक्रमणलाई थप तीव्र बनाउने चेतावनी दिएको छ। इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले गाजा पट्टीमा हमासलाई लक्षित गरी हुने आक्रमण थप तीव्र बनाउने बताएका छन्।

बीबीसीका अनुसार डेनियलले हमासलाई समाप्त पार्नका लागि इजरायलले आक्रमणलाई थप सशक्त र तीव्र बनाउने भएकाले गाजा पट्टीका नागरिकलाई दक्षिण दिशामा जान पनि दोहोर्याएर निर्देशन दिएको छ। यसअघि पनि इजरायलले गाजा पट्टीमा आक्रमण गर्ने चेतावनी दिँदै त्यहाँका ११ लाख नागरिकलाई दक्षिण दिशामा जान निर्देशन दिएको थियो।  

जरायलले आक्रमणको चेतावनी दिँदै गाजामा देखिने व्यक्ति हमासको सहयोगी हुने बुझिने भन्दै ज्यानको सुरक्षाका लागि दक्षिण दिशामा जान भनेको हो।

७ अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण सुरु गरेको थियो। जुन आक्रमण दुबै पक्षबाट थप चर्किदै गएको छ।

हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि हालसम्म गाजामा मात्रै ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रकाशित: ५ कार्तिक २०८० ०५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App