१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा तीव्र गतिको मिनिबस दुर्घटना हुँदा १२ जनाको मृत्यु

भारतको पश्चिमी राज्य महाराष्ट्रमा आज बिहान एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। अन्य २३ जना घाइते भएका छन्।  

महाराष्ट्रको राजधानी मुम्बईबाट दुई सय ६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेसवे दुर्घटना भएको हो।  

दुर्घटनाको समयमा मिनिबसमा ३५ यात्रु सवार थिए। प्रहरीका अनुसार घटनास्थलबाट शवहरू निकालिएको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ। रासस

प्रकाशित: २८ आश्विन २०८० ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App