१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

२४ घन्टामा गाजामा ३ सय नागरिक मारिए

 गाजा क्षेत्रमा गत २४ घन्टामा ३ सय जना मारिएका छन्।  

समाचार संस्था रोयटर्सका अनुसार प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले बक्तव्य जारी गर्दै गत २४ घन्टामा मात्रै ३ सय प्यालेस्टाइनी नागरिकको गाजा क्षेत्रमा मृत्यु भएको छ।  

मन्त्रालयका अनुसार मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्।

गाजा मात्रै हालसम्म २ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ९ हजारभन्दा बढी घाइते भएका छन्।  

इजरायल र हमासबीचको युद्धका कारण अहिले गाजा क्षेत्रको अवस्था भयावह बनेको छ। जसलाई लिएर विश्व स्वास्थ्य सङ्गठनले पनि चिन्ता व्यक्त गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनले उत्तरी गाजामा रहेका अस्पतालहरूलाई इजरायल सरकारले खाली गर्न दिएको आदेशको निन्दा गर्दै त्यसो नगर्न आग्रह गरेको छ।

इजराइलले उत्तरी गाजाको २२ अस्पतालमा उपचार गराइरहेका २ हजार बिरामीलाई अस्पताल र उक्त क्षेत्र नै खाली गर्न निर्देशन दिएको छ।

प्रकाशित: २८ आश्विन २०८० ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App