३ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमाससँगको युद्धका लागि इजरायललाई अमेरिकाको सहयोग, युद्ध सामग्री पठाउँदै

अमेरिकाले युद्धमा रहेको इजरायललाई सहयोगस्वरुप विमान पठाउने भएको छ। अमेरिकी सरकारले इजरायलको सहयोगका लागि पूर्वी भूमध्य सागरमा विमानवाहक पोत, जहाज र जेटका साथै युद्ध उपकरण पनि पठाउने भएको हो।

दक्षिणी इजरायलमाथि हमासको आक्रमणका कारण इजरायल समस्यामा परेको भन्दै अमेरिकाले सहयोग गर्न लागेको बीबीसीले बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायलको अहिलेको कठिन समयमा हामीसँगै रहने बताएका छन्।  

इजरायलमाथि भएको आक्रमणमा अमेरिकी नागरिकहरूको समेत मृत्यु भएको छ।

इजरायल सरकारका अनुसार हालसम्म आक्रमणमा परी ७ सयभन्दा बढीको मृत्यु भएको छ भने १ सयभन्दा बढी बन्धक बनाइएका छन्।

त्यस्तै इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा मात्रै ४ सय जनाको मृत्यु भएको छ २ हजारभन्दा बढी घाइते भएका छन्।

प्रकाशित: २२ आश्विन २०८० ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App