२१ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिवंगत थाई राजाको भब्य समारोहका साथ अन्येष्टि

बैंकक – थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार भब्य समारोहका साथ अन्येष्टि गरिएको छ। २०१६ अक्टोबर १३ मा मृत्यु भएका उनको एक वर्षपछि अन्त्येष्टि गरिएको हो।

अन्येष्टि समारोहमा करिब २ लाख ५० हजार मानिसहरूको सहभागीता रहेको थाइ सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ । शव यात्राले करिब २ किलोमिटरको दूरी तय गरेको थियो।

उक्त अन्येष्टि समारोहमा विश्वभरका करिब ४० प्रख्यात मानिसहरूको सहभागीता रहेको थियो। अन्येष्टि अगाडी उनको शव यात्रा गरिएको थियो।
शवलाई १४ टनको रथ माथि राखेर यात्रा गराइएको थियो। उक्त रथलाई करिब २ सय सैनिक जवानले तानेका थिए।

उनको सम्झनामा थाईल्यान्डका करिब ९० प्रतिशत घरलाई फुलमालाले सजाइएको थियो । आज थाइल्यान्डमा सार्वजनिक बिदा दिने घोषणा समेत थाइ सरकारले गरेको छ। समारोहमा थाईल्यान्डका  विभिन्न क्षेत्रका प्रख्यात व्यक्तिहरूको सहभागीता रहेको थियो।

प्रकाशित: ९ कार्तिक २०७४ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App