८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदी कार्यालयमा आगलागी

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा मंगलबार बिहान आगलागी भएको छ । 
आगलागीलाई नियन्त्रण गर्नका लागि तत्कालै १० वटा दमकलको परिचालन गरिएको थियो । सरकारी अधिकारीहरूका अनुसार २ सय ४२ नम्बरको कोठामा एसीबाट आकस्मिक रूपमा आगो सल्किएको थियो ।
आगलागी भएको करिब २० मिनेटभित्र नै आगलागीलाई नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण भएको क्षतिबारेको विवरण भने आउन बाँकी नै रहेको छ । 
 

प्रकाशित: ३१ आश्विन २०७४ ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App