२२ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेट्रोल भन्दा पानीको मूल्य ५० गुणा महंगो

काराकास – ल्याटिन अमेरिकी देश भेनेजुयलामा पानीभन्दा पेट्रोलियम पदार्थ भारी अन्तरले सस्तो छ।

करिब एक वर्ष देखि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य खस्केकाले भेनेजुयलाले आर्थिक मन्दीको सामना गर्नुपरेको छ। भेनेजुयलामा तेलको मूल्य प्रतिलिटर १ रूपैयाँ तोकिएको छ भने पानीको मूल्य प्रतिलिटर ५६ रूपैयाँ निर्धारण गरिएको ग्लोबल प्राइस् डटकमले उल्लेख गरेको छ।

विगत एक वर्ष लामो आर्थिक मन्दीका कारण भेनेजुयलाका कतिपय जनताहरू भोकभोकै मर्न बाध्य भएका छन्। कतिपय जनताहरू खाने कुराको खोजीमा फोहोरको थुप्रोमा ओल्टाइपल्टाई गरी खानेकुराको खोजी गर्न बाध्य रहेको बीबीसीले जनाएको छ।  

खानपान सुरक्षित तवरको नहुँदा दिनप्रति दिन अस्पतालमा बिरामीको संख्या बढ्दो क्रममा रहेको छ भने बढ्दो बिरामीको चापका कारण औषधीको कमी छ।

करिब ४ वर्ष अगाडी सत्तामा आएका राष्ट्रपति निकोलस मादुरोले देशको अर्थ व्यवस्था बलियो बनाउन सकेका छैनन्। आर्थिक मन्दी आउनुमा राष्ट्रपति मादुरो नै जिम्मेवार भएको कारण देखाउँदै उनी विरोधी विभिन्न प्रदर्शनहरू समेत भइसकेका छन्।

प्रकाशित: २५ आश्विन २०७४ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App