२२ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१८ वर्षभन्दा कम उमेरकी श्रीमतीसँगको शारीरिक सम्बन्ध भारतमा बलात्कार ठहरिने

नयाँ दिल्ली – भारतीय सर्वाेच्च अदालतले नाबालिग पत्नीसँगको शारीरिक सम्बन्धलाई वैवाहिक बलात्कार ठहर हुने फैसला सुनाएको छ।  
वैवाहिक बलात्कारबारे बुधबार फैसला गर्दै भारतको सर्वाेच्च अदालतले यस्तो फैसला गरेको हो।

यसअघि भारतमा १५ वर्ष भन्दामाथि वैवाहिक सम्बन्धमा हुने शारीरिक सम्बन्धलाई वैवाहिक बलात्कार भन्न नमिल्ने व्यवस्था रहेकोमा त्यस नियमविरूद्धमा अदालतले यस्तो फैसला सुनाएको हो।

यसअघिको कानुनी व्यवस्थाअनुसार वैवाहिक जीवनमा हुने कुनै पनि प्रकारको शारीरिक सम्बन्धलाई वैवाहिक बलात्कार नमानिने व्यवस्था रहेकोमा परिमार्जन गर्दै अदालतले यस्तो फैसला गरेको हो।

वैवाहिक जीवनमा हुने बलात्कारका घटनालाई पुष्टि गर्ने क्रममा भारतीय सर्वाेच्च अदालतले सुनाएको यो फैसलाले विवाह र वैवाहिक जीवनमा खटपट ल्याउन सक्ने केहीको दाबी छ।

प्रकाशित: २५ आश्विन २०७४ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App