१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्यून

भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्यून बिन्दुमा झरेको छ। सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८६० मिलियन अमेरिकी डलरले घटेर ५९३.०३७ अर्ब डलर पुगेको हो। दक्षिण एसियाली मुलुकको विदेशी सञ्चिति घटेको यो लगातार दोस्रो साता हो। 

सेप्टेम्बर ८ मा विदेशी मुद्रा ४ अर्ब ९९ करोड डलरले घटेर ५९३.९० अर्ब डलर पुगेको थियो। विदेशी मुद्रा सञ्चितिको वर्तमान मूल्य चार महिनाकै न्यून रहेको बताइएको छ। विश्वव्यापी घटनाक्रमका कारण सञ्चिति घटेको बताइएको छ।

प्रकाशित: ७ आश्विन २०८० ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App