१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडनले भनेः चीनसँग शितयुद्धको कुरा गलत

अमेरिकी राष्ट्रपति जो बाइडनले चीनसँगको शितयुद्धको कुरालाई अस्विकार गरेका छन्।

भियतनाम भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाइडनले चीनको अन्तर्राष्ट्रिय प्रभावलाई अमेरिकाले रोक्न खोजेको कुरा अस्वीकार गरेका हुन्।

बीबीसीका अनुसार अमेरिकी सेनाले भियतनाम छाडेको लगभग ५० वर्षपछि भियतनामसँग सम्झौताका लागि राष्ट्रपति बाइडन त्यहाँ पुगेका हुन्।  

भियतनामसँगको व्यापक रणनीतिक साझेदारीका लागि अमेरिकाले सम्झौता गरेको हो। भियतनामसँगको सम्बन्धलाई बलियो बनाउन विगत दुई वर्षमा वाशिङटनले गरेको अथक प्रयास पछि भएको उक्त सम्झौतालाई चीनको अन्तर्राष्ट्रिय प्रभाव रोक्ने सम्झौताको रुपमा व्याख्या चीनले गर्दै आएको छ।

तर, अमेरिकी राष्ट्रपति बाइडनले चीनलाई एक्लो बनाउनका लागि अमेरिकाले कुनैपनि सम्झौता नगरेको प्रष्ट पारेका हुन्।

प्रकाशित: २५ भाद्र २०८० ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App