२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सन् २०२३ को ८ महिनामा २ लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

सन् २०२३ को आठ महिनामा श्रीलङ्काका २ लाख नागरिक रोजगारीका लागि विदेश पलायन भएका छन्। श्रीलङ्काकाली वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्षको हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका हुन्।

सन् २०२२ मा करिब तीन लाख ११ हजार श्रीलङ्काली वैदेशिक रोजगारीका लागि प्रस्थान गरेको र यस वर्ष पनि त्यति नै सङ्ख्यामा श्रीलङ्काबाट बाहिरिने अनुमान गरिएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताइन्।  

यसैबीच विदेशमा रहेका श्रीलङ्कालीहले सन् २०२३ को पहिलो ६ महिनामा दुई अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम स्वदेश पठाएका छन्।

कामदारहरूको विप्रेषण श्रीलङ्काको विदेशी मुद्रा आयको एक प्रमुख स्तम्भ भएको छ। यसले बढ्दो व्यापार घाटाविरुद्ध पर्याप्त योगदान प्रदान गर्दछ र देशको बाह्य क्षेत्रको लचिलोपनलाई बढावा दिन्छ।  

श्रीलङ्काको केन्द्रीय बैँकले ब्याजदर बढाउनु र अत्यावश्यक वस्तुहरूको आयात कटौतीपछि औषधि, खाद्यान्न र ग्यासजस्ता वस्तुहरूको कमीले जीवन कष्टकर भएपछि श्रीलङ्काली नागरिक आन्दोलित भएका थिए।  

आन्दोलनका भरमा श्रीलङ्काका राष्ट्रपति गोटावाया राजापाक्षले राजिनामा दिनु परेको थियो भने लामो राजनीतिक अनुभव सम्हालेका वर्तमान् राष्ट्रपति रनिल विक्रमासिङ्घेको नेतृत्वमा स्थितिलाई सम्हाल्ने काम भएको छ। सुधारका सङ्केत देखिएका छन्। मुद्रास्फीति घटेको छ र आर्थिक गतिविधि सामान्य देखिन थालेका छन्। यद्यपि, आर्थिक सङ्कटले पारेको घाउहरू निको हुन निकै समय लाग्ने देखिएको छ।

प्रकाशित: १८ भाद्र २०८० १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App