पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा भएको झडपमा पाँच जना सैनिक र सात जना आतङ्कवादी गरी १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।
आतङ्कवादीहरूले विस्फोटक उपकरण सैनिकहरूको समुह नजिकै विस्फोट गरेपछि उनीहरुसँग झडप भएको अधिकारीहरुले बताएका छन्।
एक वरिष्ठ अधिकारीलाइ उदृत गर्दै एएफपिले झडपमा पाँच जना सैनिकहरु मारिएको र अर्का एक जना सैनिक गम्भीर घाइते भएको बताएको छ।
अपरेशनको क्रममा, आतङ्ककारीहरूको एउटा समूह फेला परे पछि सेनाद्वारा आक्रमण गरिएको जनाइएको छ। गोली हानाहानका क्रममा सात जना आतङ्कवादी मारिएको सेनाको मिडिया शाखाले विज्ञप्ति जारी गर्दै जनाएको छ।
विज्ञप्तिमा प्रान्तको सबै भन्दा सक्रिय तथा उग्र पृथकतावादी समूह बलूच लिबरेसन आर्मी (बिएलए) ले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ।
संयुक्त राज्य अमेरिकाले आतङ्कवादी सङ्गठन घोषणा गरेको उक्त समूहले आक्रमण र आत्मघाती बम विस्फोट गर्दा सैन्य प्रतिष्ठानहरू साथै प्रहरी र नागरिक प्रशासनका अधिकारीहरूलाई लक्षित गरेको बताएको छ।
हालैका वर्षहरूमा बीएलएले यस क्षेत्रमा काम गर्ने अन्य प्रान्तका पाकिस्तानीहरू साथै विदेशी ऊर्जा कम्पनीहरू माथि आक्रमण बढाएको जनाइएको छ।
गत वर्ष यो समुहले ४५० जना यात्रु बोकेको रेलमा आक्रमण गरे पछि उनीहरु विरुद्धको अपरेसन सुरु भएको जनाइएको छ।सिन्ह्वा
प्रकाशित: ३१ वैशाख २०८३ १३:०४ बिहीबार





