coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनमा बाँध भत्किँदा सयौँ बस्ती डुबान

दक्षिणी युक्रेनको खेरसान प्राप्तमा एउटा प्रमुख बाँध भत्कँदा सयौँ बस्ती डुबानमा परेका छन् । बाँध भत्किएपछि आएको बाढीबाट प्रभावित हजारौँ नागरिकको उद्धार गरिएको छ भने अझै पनि ४० हजारभन्दा बढी नागरिक उद्धारको प्रतीक्षामा रहेको समाचारमा जनाइएको छ ।

नोभा काखोव्का बाँध स्थानीय समय अनुसार, सोमबार बिहान भत्किएको समाचारमा उल्लेख छ। बाढीका कारण हजारौँ घर डुबानमा परेको स्थानीय अधिकारीले बताएका छन्। उक्त बाँध भत्किएपछि करिब ८० वटा सहर र गाउँ डुबानमा पर्न सक्ने अनुमान राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेका छन्।

बाँध भत्किएपछि त्यहाँबाट निस्किएको पानी डिनिप्रो नदीमा मिसिएको बताइएको छ। त्यसैले राष्ट्रपति जेलेन्स्कीले नदी आसपास रहेका सहर र गाउँका नागरिकलाई सचेत रहन आग्रह गरेका छन् ।

बाँध भत्किएपछि आएको बाढीका कारण थुप्रै गाउँ जलमग्न भएका छन् । तल्लो क्षेत्रमा बसोबास गर्ने हजारौँ नागरिक आफ्नो ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बाँध भत्किनुको दोष रुसमाथि थोपरेका छन् ।  रुसले भने बाँध भत्किनुको पछाडि रुसको कुनै हात नरहेको दाबी गरेको छ ।

प्रकाशित: २४ जेष्ठ २०८० ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App