४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालको पटाका कारखानामा विष्फोट: ९ जनाको मृत्यु

पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन्।

हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बताएका छन्।

पश्चिम बङ्गाल सरकारको निर्देशनमा अपराध अनुसन्धान विभागले घटनाबारे अनुसन्धान थालेको छ। राजधानी कोलकाताबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ। सरकारी नीति– नियम विपरीत कारखाना सञ्चालन गरेको अभियोगमा कारखानाका मालिकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ। यसअघि पनि निजविरुद्ध केही मुद्दा परेका थिए।

घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई जनही दुई लाख ५० हजार र घाइतेलाई एक लाख क्षतिपूर्तिस्वरुप प्रदान गरिने घोषणा गरेका छन्।

प्रकाशित: ३ जेष्ठ २०८० ०९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App