coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाइ न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर गरेको छ।

एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। सोही मुद्धामा दोसी ठहर गर्दै पीडितलाई क्षतिपूर्तिमा ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको बीबीसीले जनाएको छ।  

यौन दुव्र्यवहारमा विवादित रहेका ट्रम्प पहिलो पटक कानुनी रूपमा दोसी ठहर भएका हुन्। ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन।

ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन्। उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन्।

उता पीडित केरलाले भने संसारले सत्य थाहा पाएको प्रतिक्रिया दिएकि छिन्।  'आज, अन्ततः संसारलाई सत्य थाहा छ,'। क्यारोलले फैसला पछि लिखित बयानमा भनिन्, 'यो जित मेरो लागि मात्र होइन, विश्वास नगरिएको कारणले दुःख भोग्ने हरेक महिलाको लागि हो।'

आगामी राष्ट्रपति चुनावमा तयारीमा लागेको बेला आएको यो फैसलाले ट्रम्पको राजनितिक जीवनमा ठुलो झट्का लागेको छ।  

प्रकाशित: २७ वैशाख २०८० ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App