१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाक पूर्वप्रधानमन्त्री खान गिरफ्तार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामावादको एक अदालत परिसरबाट मंगलबार गिरफ्तार गरिएको छ।

भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा अदालत जाँदै गरेका उनलाई अर्धसैनिक बलले गिरफ्तार गरेको बिबिसीले जनाएको छ। गत वर्षको अप्रिलमा सत्ताच्यूत भएका खानलाई भ्रष्टाचार सम्बन्धी विभिन्न मुद्दा लगाइएको छ। तर,आफूमाथि लगाइएका आरोप र मुद्दा खानले राजनीतिक रूपले अभिप्रेरित रहेको दाबी गर्दै आएका छन्। पन्जाब प्रहरीका प्रमुखले एक वक्तव्यमार्फत भ्रष्टाचारको अभियोगमा खानलाई गिरफ्तार गरिएको जनाएका छन्।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामावादको एक अदालत परिसरबाट मंगलबार  गिरफ्तार गरिएको छ।

गत वर्ष नोभेम्बरमा एक राजनीतिक र्‍यालीमा सहभागी हुँदा खानमाथि गोली प्रहार भएको थियो। यसै वर्षको अन्त्यताका पाकिस्तानमा आमनिर्वाचन हुने तय भएको छ। गिरफ्तार हुनुअघि जारी एक भिडियो मेसेजमा खानले आफू कुनै पनि कारबाहीको सामना गर्न तयार रहेको बताएका छन्। ‘वारेन्टसहित आउनू, मेरा वकिल मसँगै हुनेछन्। मलाई जेल पठाउने इच्छा छ भने म त्यसका लागि पनि तयार छु,’ उनले भनेका थिए। पक्राउ गरी आफू र आफ्नो दललाई आउँदो निर्वाचनमा सहभागी हुनबाट रोक्न खोजिएको खानको आरोप छ।

गत वर्ष नोभेम्बरमा एक राजनीतिक र्‍यालीमा सहभागी हुँदा खानमाथि गोली प्रहार भएको थियो। यसै वर्षको अन्त्यताका पाकिस्तानमा आमनिर्वाचन हुने तय भएको छ।

म जेलमा भए वा नभए पनि मेरो दलको विजयलाई रोक्न कसैले सक्ने छैन,’ उनले भनेका छन्। अघिल्लो सोमबार मात्रै पाकिस्तानी सेनाले ‘आधारहीन आरोप’ नलगाउन खानलाई चेतावनी दिएको थियो। त्यसअघि खानले आफ्नो हत्या गर्ने षड्यन्त्र सेनाले गरिरहेको आरोप लगाएका थिए। 

प्रकाशित: २७ वैशाख २०८० ००:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App