१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पकी छोरीले चिनियाँ ब्रान्ड लगाएपछि...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गत शुक्रबार आयोजित सपथ कार्यक्रममा उनी निकट सबै महिलाले नाम चलेका ब्राण्ड प्रयोग गरेका थिए। प्रथम लेडी मेलानियाले राल्फ लाउरेन, प्रथम छोरी इभान्काले ओस्कार डि ला रेन्टा, प्रमुख परामर्शदाता केली आनेले गुची ब्राण्ड प्रयोग गरेका थिए।

यी सबै ब्राण्ड अमेरिकी ब्राण्ड नै थियो तर त्यहाँ उपस्थित ट्रम्पकी छोरी टिफानीले भने घरेलु ब्राण्डभन्दा बाहेकको ब्राण्ड प्रयोग गरेकी थिइन्। त्यो ब्राण्ड ट्रम्पले सबैभन्दा बढी विरोध गरिरहेको देश चीनको ब्राण्ड टाओरे वाङ थियो।

टाओरे वाङ एक चिनियाँ महिलाको नाम हो जसको ब्राण्ड टिफानीले प्रयोग गरेकी थिइन्। अमेरिका 'फस्ट' भन्ने अभिव्यक्ति र चीनप्रति अत्यन्तै अनुदार स्वभाव देखाउने ट्रम्पको आफ्नै छोरीले सपथ ग्रहण कार्यक्रमभन्दा अघि सेप्टेम्बरमा भएको पहिलो राष्ट्रपतीय बहस कार्यक्रममा पनि टाओरे ब्राण्ड नै प्रयोग गरेकी थिइन्।

 

प्रकाशित: १० माघ २०७३ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App