२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय कांग्रेस नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ।

भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको हो।

उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् रु’ भन्ने अभिव्यक्ति दिएका थिए। सोही ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा अदालतले गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ।

अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ।

प्रकाशित: ९ चैत्र २०७९ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App