४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

जर्मनीको एक चर्चमा भएको गोली प्रहारमा सातको मृत्यु, कैयौँ घाइते

तस्वीरः राेयर्टसबाट

जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ। सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ। बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो। यहाँको स्थानीय समयानुसार राति ९ बजे यहाँको सो चर्चमा अकस्मात गोली चलेको थियो।

यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सुरुमा उक्त गोलीकाण्डमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको जनाएका थिए। तर पनि अर्का एकजनाको पनि मृत्यु भएको भन्दै यहाँको पत्रिका बिल्डले उक्त गोलीकाण्डमा सात जनाको ज्यान गएको जनाएको हो।

गोली हान्ने व्यक्तिको बारेमा पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ। उक्त चर्च रहेको क्षेत्रमा ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरेर हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको पनि प्रहरीले जनाएको छ। 

प्रकाशित: २६ फाल्गुन २०७९ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App