८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इराकमा बम विस्फोट: पाँच जनाको मृत्यु

इराकमा सोमबार राति भएका बम विस्फोटमा परेर पाँच जनाको ज्यान गएको र अरु केही घाइते भएका बताइएको छ।

इराकको पूर्वी प्रान्त दियालामा सो बम विस्फोट भएको यहाँको सुरक्षा स्रोतले जानकारी दिएको छ। सो विस्फोटमा परेर पाँच जनाको ज्यान गएको र अरु चार जना घाइते भएका छन्।

दियाला प्रान्तीय प्रहरीका मेजर अला अल– साउदीले दिएको जानकारी अनुसार दियालाको माक्दियान नगरको एक सडकमा बम राखिएको थियो। सडक किनारामा कुनै अज्ञात समूहले बम राखेको र सो बम विस्फोट हुँदा गुडिरहेको कारमा रहेका पाँच जना सर्वसाधारणको ज्यान गएको हो। 

सो सडक भएर हिँडीरहेका बटुवा चार जना घाइते भएका पनि उनले जानकारी दिए । यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन।

इराकी प्रहरीले यस विषयमा अनुसन्धान थालेको जनाएको छ। पछिल्लो समयमा इराकमा इस्लामिक स्टेट्स समूह यस्ता आतङ्ककारी आक्रमणहरुमा संलग्न रही आएकाले प्रहरीले सोही समूहले यो बम विस्फोट गराएको अनुमान गरेको छ।

प्रकाशित: २३ फाल्गुन २०७९ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App