१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेपालसहित १४१ देश रूसले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा उभिए, भारत र चीन अनुपस्थित

तस्वीर साभार यूएन्यूज

नेपालसहित संयुक्त राष्ट्रसंघका १४१ राष्ट्रहरूले युद्ध अन्त्य गरेर रूसले तत्काल युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका छन्। बिहीबार भएको संयुक्त राष्ट्रसंघको ११ औं आपतकालीन विशेष सेसनमा भएको मतदानमा १४१ मुलुकले युद्ध अन्त्य गरी रूसी सेनाले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका हुन्।  नेपाल पनि रुसले युक्रेन छोड्नु पर्ने पक्षमा छ । चर छिमेकी देश चीन र भारत र पाकिस्तानसहित ३२ देश बैठकमा अनुपस्थित भएको युएनन्युजले जनाएको छ। बेलारूस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुआ, रूस र सिरियाले भने उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

शुक्रबार रूसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा भएको छ। पछिल्ला एक वर्षमा संयुक्त राष्ट्रसंघले विभिन्न चरणमा पेस गरेका प्रस्तावहरूमध्ये नेपाल सबैमा युक्रेनको पक्षमा उभिएको छ। रुसले अझै युद्ध रोक्ने छाँट देखाएको छैन। यस युद्धबाट दुबै तर्फ ठुलो जनधनको क्षति भएको छ।

प्रकाशित: १२ फाल्गुन २०७९ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App